एमाले बैठक : कम्युनिष्ट योद्धाका रुपमा क–कसलाई गर्दैछ सम्मान ?

लोकपथ
2.2k
Shares

काठमाडौं । नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वार्षिकोत्वस भव्य रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको एमाले सचिवालयको ४८औँ बैठकले सो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार यसअघि जस्तै यस वर्ष पनि एमालेले कम्युनिष्ट राजनीतिका जीवन बिताएका र योगदान दिएको केही व्यक्तिहरुलाई ‘कम्युनिष्ट योद्धा’ को रुपमा सम्मान गर्ने बताए ।

उनका अनुसार एक जनालाई मरणोप्रान्तसहित अन्यलाई सम्मान गर्न लागेको हो ।

कम्युनिष्ट योद्धाको रुपमा सम्मानित हुनेहरु को को छन् ?

लालबहादुर विश्वकर्मा : कञ्चनपुर

स्वर्गीय रत्न शर्मा न्यौपाने : जाजरकोट (मरणोप्रान्त सम्मान)

शोभाराम बस्नेत : दाङ

बासस्वृति देवकोटा : गोरखा

शान्ता मानवी : काठमाडौं

सत्यनारायण मण्डल : सप्तरी

हरिचरण शिवाकोटी : झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?