काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ ।
प्रहरी मुख्यालयले दिएको जानकारी अनुसार दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित सडकमा बा.३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङकरको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय हरीश सिंह ऐरीको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै चितवनको खैरहनी नगरपालिका–९ सिमलटाडी चोकस्थित सडकमा युपि ४० टि ३९५६ नम्बरको ट्रकले ना.४४ प १३५८ नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ बस्ने ६४ वर्षीय केशब बहादुर कर्माचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी चितवनकै भरतपुर महानगरपालिका–४ साप्कोटा चोक नजिकै बा.प्र.०६–००१ च ०३४९ नम्बरको कारको ठक्करबाट पैदलयात्री पर्सा सखुवा प्रसौनी गाउँपालिका–२ बस्ने २५ वर्षीय लाल बाबु पासवानको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता पाल्पा, रामपुर नगरपालिका–३ ओइरीघाटस्थित सडकमा लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००४ प ८०३९ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ७५ वर्षीय पदम बहादुर ठाडाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी हुम्ला, चंखेली गाउँपालिका–२ लोति भन्ने स्थानमा प्रदेश २–०३–००१ क ०९७५ नम्बरको स्काईभेटर आइतबार राति दुर्घटना हुँदा स्काईभेटरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको श्री मष्टा प्राथमिक स्वास्थ्य चौकी पिप्लाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्काईभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सिराहा, सुखिपुर नगरपालिका–२ सुखिपुर बरियारपट्टीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीया कोमल देवी यादवको आइतबार राति घट्नास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै गोरखा, गोरखा नगरपालिका–९ ठिगुरेश्वारास्थित सडकमा काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा.८८ प ९७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक भिमसेन थापा गाउँपालिका–६ अश्राङ बस्ने २६ वर्षीय केशब पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया