सप्तकोशी किनारमा वेवारिसे अवस्थामा रहेको १८० किलो गाँजा बरामद

लोकपथ
245
Shares
सांकेतिक तस्बिर

उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ सप्तकोशी किनारबाट प्रहरीले १८० किलो गाँजा बरामद गरेको छ ।

नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले गएराति बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?