जाजरकोटमा भूकम्पको धक्का

लोकपथ
959
Shares

काठमाडौं ।  जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९:३१ बजे जाजरकोटको कुशे गाउँपालिकास्थित पैंकलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

हालसम्म यस भूकम्पले जनधनमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको छैन ।

यसअघि पनि सोही क्षेत्र भूकम्पको केन्द्रबिन्दु बनेको थियो। चैत २१ गते साँझ ८:०७ र ८:१० बजे क्रमशः ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए, जसले केही घरमा सामान्य क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?