सङ्खुवासभा । खाँदबारी नगरपालिका–९ साठीमुरेमा सोमबार साँझ परेको चट्याङले एकै परिवारका चार सदस्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, हावाहुरी र वर्षासँगै आएको चट्याङ कोपिला श्रेष्ठको घरमा परेको हो ।
चट्याङ लाग्दा कोपिला श्रेष्ठ, उनका छोरा १८ वर्षीय गगन श्रेष्ठ, बुहारी १८ वर्षीया बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन् ।
घाइते चारैजनाको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था अहिले खतरामुक्त रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया