जाजरकोटमा लगातार भूकम्पको धक्का

लोकपथ
455
Shares

काठमाडौं । पछिल्ला केही दिनयता जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिका–५, पैंकमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

सोमबार राति ९:३१ बजे सोही स्थानमा ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। हालसम्म यी भूकम्पहरूले कुनै मानवीय वा भौतिक क्षति पुर्‍याएको विवरण प्राप्त भएको छैन।

यसअघि, चैत २१ गते साँझ ८:०७ र ८:१० बजे क्रमशः ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए, जसले केही घरमा सामान्य क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?