काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले परीक्षामा सहभागी नहुने जानकारी दिएको हो ।
महासंघले आन्दोलनको वर्तमान चरणमा देशभरका प्रमुखाध्यापक, शिक्षक तथा शिक्षासँग सम्बद्ध कर्मचारीहरूलाई उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा सहभागी नहुन आह्वान गरेको छ।
त्यसैगरी, आगामी २०८२ साल बैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत अन्य कुनै पनि भूमिकामा संलग्न नहुन पनि महासंघले सबै शिक्षकहरूलाई अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया