सरकारले जनअपेक्षा अनुसार गति लिन सकेन : महामन्त्री थापा

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री, गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको बताए ।

उनले सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवर्द्धन लगायतका विषयहरुमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरे पनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताए । महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?