सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1k
Shares

काठमाडौं । मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो । 

चैत २१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा भने १७०० रुपैयाँ घटेर कारोबार भएको हो । 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?