आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका अगुवासँग छलफल थालेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान उनीहरूले आन्दोलनरत शिक्षकका अगुवाहरूसँग समस्या समाधानका विषयमा छलफल गरेका हुन् । 

यसैक्रममा सोमबार संयुक्त रूपमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका उनीहरूले सोही दिन साँझ शिक्षक आन्दोलनका अगुवाहरूसँग पनि सामूहिक छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?