जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकपथ
840
Shares

झापा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा  जिल्लाको वीरगंज महानगरपालिका–२ घर भएका २४ वर्षीय दिलबर खान रहेका छन् ।

खानले ती किशोरीलाई मेचीनगर नगरपालिका–९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?