काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16′ योजना घोषणा गरेको छ ।
मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा ग्राहकका लागि आकर्षक योजनासहितका यस योजनामा सहभागी हुने ग्राहकले iPhone 16′ जित्न सक्ने प्रमुख सूचना अधिकारी रन्जन खड्काले जनाकारी दिए ।
उनका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।
योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै iPhone 16’ट प्रदान गरिने बैंकले जनाएको छ ।
यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया