ट्रान्सक्रिप्ट र सर्टिफिकेटका लागि बल्खु धाउनुपर्ने बाध्यता हट्यो (विज्ञप्तिसहित)

लोकपथ
3k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ ।  आज (मंगलबार) देखि अनलाइन सेवा सुरु गरिएको हो । 

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र लाइन लाग्नुपर्ने झन्झटबाट मुक्त भएको हो । 

अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np  मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी समिट पनि गर्न सकिने जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?