त्रिविको उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई

लोकपथ
637
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई दिइएको छ ।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

त्यसो त यसअघिका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै उक्र पद रिक्त रहेको थियो । नेपालकै पहिलो विश्वविद्यालय नेतृत्ववीहिन बन्न पुगेपछि सरकारको चौतर्फी आलोचना समेत भएको थियो । यहीबीच प्रधानमन्त्री ओलीले उपकुलपतिमा केसीलाई जिम्मेवारी दिएका हुन् ।

केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विज्ञ हुन् ।

नवनियुक्त उपकुलपति केसीले आजै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पुगेर आफ्नो कार्यभार सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?