काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
सरकारप्रति कांग्रेस नेताहरूले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाइरहेका बेलामा प्रधानमन्त्री ओली देउवाबिच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई नेताबिच एक ढिक्का भएर एमाले र कांग्रेस मिलेर अघि बढ्ने बाहिर हल्ला चलेको जस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
दुई नेताको भेटपछि प्रधानमन्त्री ओलीले आज बेलुका ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
पछिल्ला दिनहरुमा नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकारको काम गराइप्रति कटाक्ष गरिरहेका छन् । मंगलबार नै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सोचे अनुसारको गतिमा काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
त्यसो त सोमबार बसेको एमाले सचिवालय बैठकमा कांग्रेसको नेताहरुको सरकारप्रतिको धारणाबारे समेत समीक्षा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया