कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

लोकपथ
1.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले आगामी वैशाख १७ गतेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

सो दिनको दिउँसो १ केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय कांग्रेसकै शीर्ष नेताहरुबाट सरकारको काम गराइबारे असन्तुष्टि जनाइरहेका बेला कांग्रेसले बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?