आगामी दिनमा आईपीयुमा हैसियतका साथ नेपाल उपस्थित हुनेछ : सभामुख घिमिरे

लोकपथ
70
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ ( आईपीयु) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त गरेको बताएका छन् । 

मंगलबार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५०औँ महासभाबाट नेतृत्व लिएकी डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

यो उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा नोपालले आफ्नो महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । गत वर्षको चैत्र २० गते सभामुख घिमिरेसहितको ९ सदस्यीय टोली अन्तर व्यवस्थापिका संघको १५०औँ वार्षिक सभामा भाग लिन उज्वेकिस्तान गएका थिए । उनले अन्तर्राष्ट्रिय महत्त्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा नेपाल पुगेको बताए । उनले एशिया प्यासिफिकको भए पनि त्यसको भूमिका धेरै महत्त्वपूर्ण हुने ठाउँमा नेपाल पुगेको दाबी गरे ।   

सभामुख घिमिरेले यो उपलब्धिलाई नेपालले भरपुर उपयोग गर्न सक्नुपर्ने र आफ्नो नाम विश्वमाझ चिनाउन सक्नुपर्ने उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?