काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रूपमा काम गरिरहेको बताएका छन् ।
मंगलबार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरू बन्ने बताए ।
उनले अहिले देशको अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे ।
अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको उनको भनाइ छ ।
मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गर्दै साहित्य, संगीत र कलाको महत्त्व बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनले साहित्य, संगीत र कलाले आफ्नो भित्रको अन्तर चेतनालाई जगाउने बताए । मन्त्री पाण्डेले समाजलाई जगाउने कुरा कलाकारिता भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया