अमेरिकी डलर सस्तियो, अष्ट्रेलियन महंगियो – अन्य विदेशी मुद्रामा पनि सामान्य उतारचढाव

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर सस्तिएको छ भने अष्ट्रेलियन डलर सामान्य महँगो बनेको छ। राष्ट्र बैंकको दैनिक अद्यावधिक विनिमय दरअनुसार डलरको मूल्य घट्दा अष्ट्रेलियन डलरसहित अन्य केही मुद्रामा भने सामान्य वृद्धिको देखिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। मंगलबारको तुलनामा खरिद र बिक्री दुबै दरमा ४३ पैसाको गिरावट आएको हो ।

यता अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा पुगेको छ। मंगलबारको तुलनामा खरिद र बिक्री दुबै दरमा २२ पैसा वृद्धि भएको देखिएको छ ।

अन्य प्रमुख मुद्राको दर हेर्दा,

  • युरो (€) : खरिददर १५५ रुपैयाँ ०६ पैसा, बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा
  • पाउन्ड स्ट्रलिङ (£) : खरिददर १८१ रुपैयाँ १२ पैसा, बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा
  • स्वीस फ्र्याङ्क (CHF) : खरिददर १६७ रुपैयाँ ६७ पैसा, बिक्रीदर १६८ रुपैयाँ ४१ पैसा
  • क्यानेडियन डलर (CAD) : खरिददर ९८ रुपैयाँ ७३ पैसा, बिक्रीदर ९९ रुपैयाँ १६ पैसा
  • सिङ्गापुर डलर (SGD) : खरिददर १०३ रुपैयाँ ९८ पैसा, बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा

जापानी येनको विनिमयदरमा सामान्य गिरावट आएको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा कायम गरिएको छ। मंगलबारको तुलनामा यो दरमा ३ पैसाको गिरावट आएको हो ।

चिनियाँ युआन (CNY), साउदी रियाल (SAR), कतारी रियाल (QAR), युएई दिराम (AED), मलेसियन रिङ्गेट (MYR), थाई भाट (THB), कोरियन वन (KRW), स्वीडिस क्रोनर (SEK), डेनिस क्रोनर (DKK), हङकङ डलर (HKD) लगायतका मुद्राहरूमा पनि सानो मात्रामा उतारचढाव देखिएको छ ।

सर्वाधिक मूल्यवान मुद्रा कुवेती दिनार (KWD) बुधबार ४४६ रुपैयाँ ३६ पैसामा खरिद र ४४८ रुपैयाँ ३२ पैसामा बिक्री दर कायम भएको छ । यसैगरी, बहराइन दिनार (BHD) र ओमनी रियाल (OMR) पनि उच्च दरमै कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा विनिमय दर आवश्यकताअनुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने उल्लेख गरिएको छ। साथै, अन्य वाणिज्य बैंकहरूले तोक्ने विनिमयदरमा केही भिन्नता हुन सक्ने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?