पाकिस्तानमा बम विस्फोट, ३ सुरक्षाकर्मी मारिए

लोकपथ
336
Shares

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा मंगलबार सडक छेउमा भएको बम विस्फोटमा ३ सुरक्षाकर्मीको मृत्यु र १६ जना घाइते भएका छन् ।

घटना मस्तुङ जिल्लाको कुन्ड मसुरी क्षेत्र नजिकै भएको थियो । जहाँ कलात जिल्लाको तालिम केन्द्रबाट कर्मचारीहरू बोकेको प्रहरी ट्रकमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ठोक्किएको थियो ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले सबै घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ ।

गम्भीर अवस्थाका बिरामीहरूलाई उन्नत चिकित्सा उपचारको लागि क्वेटा सारिएको छ । लक्षित कर्मचारीहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए ।

बलुचिस्तान नेशनल पार्टी–मेंगलद्वारा आयोजित धर्ना विरोध प्रदर्शनको सुरक्षाको लागि तैनाथ गरिएको थियो । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?