ओलीले आफैँले कारबाही गरेका विन्दा पाण्डेलाई बोलाएरै भेटे

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन् त्री केपी शर्मा ओलीले पार्टीकी निलम्बित स्थायी कमिटी सदस्य विन्दा पाण्डेसँग भेटेका छन् ।

एमालेले गत वर्ष २०८१ साल पुस १० गते पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्नेसनालाई निलम्बन गरेको थियो । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दिएको जग्गादानमा पार्टी कार्यालय बनाउन लागिए पनि दुई नेतृले त्यसको विरोध गरेका थिए ।

दुवैलाई स्पष्टीकरण समेत सोधिएको, चित्त नबुझेको भन्दै ६ महिनासम्म पार्टी सदस्यबाट समेत निलम्बन गरिएको थियो । तर नयाँ वर्षका अवसरमा आइतबार टेलिफोन गर्दै ओलीले फोन गरेर शुभकामना दिँदै भेट्न बोलाएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आधा घण्टा भन्दा बढी समय भएको भेटघाटमा राजनीतिक विषयमा कुराकानी समेत भएको बताइएको छ ।

मंगलबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई भेट्न पुगेकी नेतृ पाण्डेले भर्खरै सार्वजनिक भएको आफ्नो पुस्तक ‘भुईँमान्छे’ उपहार दिँदै प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् । ओलीले नेपाली कम्युनिष्ट आन्दोलनको विभिन्न कालखण्डलाई समेटेर पुस्तक लेखिएको भन्दै त्यसलाई प्रशंसा गरेका थिए । त्यसपछि आफू निलम्बनमा परेपछिका विभिन्न घटनाक्रमबारे अध्यक्ष ओलीलाई पाण्डेले जानकारी गराएकी थिइन् ।

निलम्बनको अवधि केही महिना रहँदै अध्यक्ष ओलीले बोलाएरै भेट्नुलाई चासोका साथ हेरिएको छ । धेरैले समयअगावै निलम्बन फुकुवा गर्ने संकेत गरेको कतिपयको विश्लेषण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?