आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो  । 

हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोाला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज २७ सय रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार कायम भएको सुनको मूल्य हाल सम्मको नै उच्च मूल्य हो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?