सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

लोकपथ
1.3k
Shares

काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । 

स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।हाल पाँचखालमा आठ वटा इँटाभट्टा सञ्चालनमा छन् ।

यसैबिच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटा भट्टालगायत उद्योगलाई सुधारात्मक ढंगले अघि बढाउने नीति अवलम्बन गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?