काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले १ सय १६ रनको लक्ष्य पाएको छ ।
बुधबार मूलपानीमा भएको हङकङ र नेपाल बीचको खेलमा हङकङले नेपाललाई १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको हो । हङकङले ४६.२ ओभरमा अल आउट हुँदै १ सय १५ रन जोडेको छ ।
नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।
जारी प्रतियोगितामा अफगानिस्तान र नेपाल मात्रै अपराजित छन्। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा ओमान आठ विकेटले पराजित भएको थियो । एक खेल खेलेको हङकङ भने जितविहीन छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया