यु–१९ विश्वकप एसिया छनोट : हङकङमाथि नेपालको सहज जित

लोकपथ
2.5k
Shares

काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । बुधबार मूलपानीमा भएको हङकङ र नेपालबीचको खेलमा नेपालले सहज जित हात पारेको हो ।

हङकङले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले एक विकेटको क्षेतीमा १२.२ ओभरमै पूरा गरेको हो ।

नेपालका लागि नरेन भट्टले ३९ रन जोडे भने साहिल पटेलले ४२ रन जोडे । त्यस्तै, निरज कुमार यादवले २३ रन जोडेर आउट भए ।

यसअघि हङकङका शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाएका थिए भने नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा ओमान आठ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?