मोरङ । अवैध लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय राज श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया