काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । अध्यक्षको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिनेहरूमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया छन् ।
यसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले पनि राजीनामा दिएका छन् । राजीनामा दिनेहरू शेखर–गगन पक्षका हुन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेखेर सामूहिक राजीनामा बुझाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया