सर्लाही । प्रहरीले करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालकलाई पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका–११ हिरापुरबाट अवैध लागु औषध गाँजा करिब २ सय ४४ किलोग्रामसहित सोही नगरपालिका–१ नवलपुर बस्ने २५ वर्षीय सुशील चौधरीलाई बुधबार राति पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया