नेपाललाई आयातित विकृतिहरूको डम्पिङ साइट बनाउन खोजिँदैछ, त्यो स्वीकार्य छैन : प्रधानमन्त्री ओली

लोकपथ
791
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरूको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

नेपाली समाजमा थुप्रै विकृतिहरू फैल्याउने, आयातित विकृतिहरूको डंगुर डम्पिङ साइट बनाउन खोजिएको बताए ।  त्यो नेपालीलाई मञ्जुर नरहेको र नहुने बताउँदै नेपाललाई सांस्कृतिक र सामाजिक हिसाबले पनि विकृतिहरूको डम्पिङ साइट बन्न नदिने बताए । 

उनले नेपाल स्वतन्त्र मुलुक भएको उल्लेख गर्दै यसमा गर्व गर्नुपर्ने बताए । नेपालको स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने बताए ।  यसलाई कायम राखेर सग्लो नेपाल सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।  

आफूहरूले देशको सीमा र सम्मान खुम्चिन नदिने बताउँदै आन्तरिक रूपमा पूर्वाधार लगायतको विकास गर्न जरुरी रहेको  उनको भनाइ छ  । सरकार आर्थिक, पूर्वाधार विकासमा लागिरहेको पनि बताए । प्रधानमन्त्री ओलीले नेपाली समाज सभ्य, सुसंस्कृत समाज भएकाले यसलाई कायम राखेर अघि बढाउने प्रतिबद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?