पत्रकार सुरेश रजकको न्यायका लागि प्रदर्शन

लोकपथ
280
Shares

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा आगोले जलाएर मारिएका पत्रकार सुरेश रजकको न्यायका लागि प्रदर्शन भएको छ ।

बिहीबार काठमाडौंको शान्तिबाटिकामा सुरेशलाई शहीद घोषणा गर्नुपर्ने, न्यायीक छानबिन आयोग गठन गरिनुपर्ने लगायतका मागहरुसहित प्रदर्शन भएको हो ।

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको नेतृत्वमा सुरेशको न्यायका लागि मौन प्रदर्शन भएको सुरेशका दाई दिनेश रजकले लोकपथलाई जानकारी दिए ।

सुरेशलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने लगायतका मागहरु राखेर प्रदर्शन गरेको र न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने उनले बताए ।

‘घटनाको यतिका समयसम्म पनि राज्यले न उचित क्षतिपुर्तीको व्यवस्था गरेको छ, न त न्यायका लागि पहल गरेको देखिन्छ । हामी न्याय नपाएसम्म निरन्तर आन्दोलन गरिरहन्छौँ,’ उनले भने ।

प्रदर्शनमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठसहित दुई दर्जन बढीको उपस्थिति रहेको थियो । उनीहरुले,‘ग्यारेण्टी सेक्युरिटिज अफ जर्नालिष्ट’,‘पनिस द किलर’,‘हत्यारालाई कारबाही गर’,‘प्रेस स्वतन्त्रताको रक्षा गर’,लगायतका प्याम्लेट बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?