राप्रपा प्रदर्शनमा घुसपैठ हुने डरले शिक्षकहरुले बिहानै गरे आन्दोलन

लोकपथ
3.6k
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।

करिब १५ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् ।

शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिए ।

राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उहाँको भनाइ छ ।

शिक्षकहरुले शनिबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आज भने बिहान ९ बजेबाट १२ बजेसम्मका लागि आन्दोलनको मिति तोकेको हुन् ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत विरोध प्रदर्शन गर्दैछ । राजतन्त्र, हिन्दूराज्य पुनस्थापना लगायतका मागहरु राखेर आन्दोलनरत राप्रपाले आन्दोलन गर्ने भएसँगै शिक्षकहरुले दिउँसो गर्दै आइरहेको आन्दोलन बिहानै गर्न लागेका हुन् । राप्रपाले कुनै निश्चित क्षेत्र नतोकी निषेधित क्षेत्र तोड्ने गरी आन्दोलन गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?