काठमाडौं । डोटी जिल्लाको जोरायल गाउँपालिका–१ स्थित गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
भीमदत्त राजमार्गमा बिहान भएको उक्त दुर्घटनामा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामीसहित अन्य दुई जनाको मृत्यु भएको हो ।धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुप–प्र ०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न लोड गरिएको मिनीट्रक आज बिहान सडकबाट तल खस्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया