काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबिच भेट भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन् ।
नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आइपुगेका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबिचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ ।
५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए । कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन नसकेका हुन् ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्त्वपूर्ण खेलाडी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया