आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारी संगठनहरुलाई कांग्रेसको आग्रह

लोकपथ
959
Shares
फाइल तस्बिर

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले तत्काल आन्दोलन नथाल्न कर्मचारीहरूलाई आग्रह गरेका हुन् । 

निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग राखेर आन्दोलनको तयारी गरेका छन् । मंगलबारको समितिको बैठकमा आफ्ना मागहरू सम्बोधन गर्दै ७२ घण्टाभित्र विधेयक पास गर्न समितिलाई अल्टिमेटम दिएका छन् । विधेयकलाई टुंग्याउन दबाब दिन तथा वातावरण नबिथोल्न आग्रह गरे । 

उनले भने, ‘संसदीय समितिले मेहेनतका साथ काम गरिरहेको बेलामा यसका सरोकारवाला पक्षहरूले पनि विधेयकको मान राखिदिनुपर्छ । हामी यहाँ बस्दै गर्दा जसरी आफूहरू आन्दोलनमा जाने भन्ने विषयहरू आएका छन् । यसलाई तुरुन्त रोक्नको लागि पनि म आग्रह गर्छु । यसलाई पुनर्विचार गर्नको लागि पनि म आग्रह गर्छु । हामीहरूले काम सुस्त गरिरहेको बेलामा दबाबहरू दिने कुरा एकदम स्वाभाविक हो । त्यो जायज पनि हुन्छ । तर बसेर छलफल गरेर विषयहरू टुंग्याउने कोसिस गरिरहेका विषयमा यसलाई टुंग्याउने विषयमा मद्दत गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?