बालेन लक्षित सुनिताको व्यंग्य– ‘स्टन्ट गरेर देश बन्दैन’

लोकपथ
2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्टन्ट गरेर देश नबन्ने भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

बिहीबार नेकपा एमालेले आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले मेयर बालेन्द्र शाह (बालेन) लक्षित टिप्पणी गरेकी हुन् ।

आफू हल्लाको पछि नलाग्ने बताउँदै कतिपय व्यक्तिहरु स्टन्ट गर्ने, पपुलर बन्ने काममा लागेको भन्दै पपुलिस्ट बनेर देश नबन्ने टिप्पणी गरिन् । पछिल्ला दिनहरुमा बालेनको केन्द्र सरकारसँग बढिरहेको दूरी र कार्यपालकिा सदस्यहरुसँगको द्वन्दलाई संकेत गर्दै सो कुरा बताएकी हुन् ।

‘हल्लाको पछि हामी लाग्दैनौँ र धेरै जनाले स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ । अरुलाई गाली गरेरै देश बन्छ जस्तो लाग्छ । तर स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने योजना अनुरुप काम गर्नुपर्छ । काममा इमान्दारिता हुनुपर्छ । त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौँ । काम गर्ने युवा बनौँ,’ उनले भनिन् ।

उनले हरेक समस्यामा थप समस्या सिर्जना गरेर भन्दा समाधानका उपायहरु खोजेर अघि बढ्नुपर्नेमा जोड दिइन् । अरुलाई मात्रै समस्या देखाएर आफू भाग्ने प्रवृत्तिबारे तिखो प्रहार गर्दै मेयर बालेनप्रति व्यंग्य गरिन् ।

‘हामी अराजक युवा होइनौँ, अनुशासित युवा बनौँ । एण्ड लेट्स नट बि द कम्प्लेन्र्स अन्ली लेट्स बि द सोलुसन मेकर । समस्या आइपर्यो भने कुद्ने भाग्ने होइन, समस्या आइपर्यो भने समस्यासँग जुध्ने र अगाडी बढ्ने र समाधान गर्ने ल्याकत राखौँ हामी युवाहरुले,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?