काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तन हुन लागेको भन्ने विषय हल्ला मात्रै भएको बताएकी छिन् ।
थाइल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी डा. राणाले सरकार परिवर्तनको समाचार सुनेर आफूहरु छक्क परेको बताइन् । थाइल्याण्डमा स्वास्थ्य जाँचका लागि भनेर गएका कांग्रेस सभापति समेत रहेका देउवाले अन्य राजनीतिक भेटघाट समेत नगरेको बताइन् ।
पूर्वप्रधानमन्त्री देउवा राजनीतिका भेटघाट गर्नुभयो नि भन्ने प्रश्नमा आरजुले भनिन्, ‘त्यहाँ उहाँ राजनीतिक भेटघाट गर्न जानु भएकै हैन । उहाँ त चेकअप र पर्सनल भिजिट हो ।
साथै बिहीबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई फोन गरेको गरेर सरकार परिवर्तनको हल्लाबारे जिज्ञासा राखेको बताइन् ।
‘देशमा अलिकति क्वायर्ड भएपछि इन्टरटियनमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्दछ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर त यहाँको सरकार त परिवर्तन हुँदैन नि । हिजो न्यूजहरु हेर्दा हामी पनि छक्क पर्यौँ ,’ उनले भनिन्, ‘बेलुका चाँही सभापतिज्यू र प्रधानमन्त्रीज्यूको यो बारेमा कुराकानी पनि भयो । यस्तो केही पनि छैन । उहाँहरु दुवै जनाले यो के भयो भनेर फोनमा कुराकानी गर्नुभएको हो ।’
पछिल्ला दिनहरुमा मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका कतिपय नेताहरु प्रधानमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गरिरहेका छन् । तर सोही सन्दर्भमा बिहीबार मात्रै कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले आफ्नो रवैया नसुधारे आफूहरु सरकार छाड्ने समेत चेतावनी दिएका थिए ।
त्यसो त बिहीबार नै प्रधानमन्त्री ओलीले आफ्नो दल एमाले सरकारको चिन्ता नगर्ने बरु ०८४ मा निर्वाचनका लागि लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
सोही सन्दर्भ सम्झाउँदै परराष्ट्रमन्त्री राणालाई सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भनिन्, ‘त्यो राम्रै कुरा भन्नुभयो नि, त्यो स्थायित्व हुन्छ सरकारको चाँही चिन्ता नगरौँ भन्नु भा हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया