लिङ्देनको प्रश्न : ‘हिजो राजा निरंकुश थिए भन्ने अनि आफ्नो चरित्र त्यस्तै बनाउने ?’

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको डंका पिट्दैमा त्यो लोकतन्त्रवादी नहुने बताएका छन् ।  प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष लिङदेनले लोकतन्त्रको डंका पिटेर त्यो लोकतन्त्रवादी नहुने भन्दै व्यावहारमा निरंकुश चरित्र गर्ने हिजो राजाले यस्तो गरेको थियो भनेर अरु दलहरुमाथि अरु विपक्षीहरुमाथि आफू निरंकुश व्यवहार गर्ने अनि आफू चाहीँ ठूलो लोकतन्त्रवादी हुने भन्दै प्रश्न गरे ।

उनले राजसंस्था र प्रजातन्त्र एक आपसको विकल्प नभएको भन्दै विश्वमा धेरै सम्पन्न देशहरूमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताए । 

उनले राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गरे । लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने उनको जिकिर छ । उनले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरूलाई निरंकुश व्यवहार गर्ने ठुला राजनीतिक दलहरू कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गरे । 

उनले भने, ‘राजासंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गरिएको छ यो गरिमामय संसद्मा र जनताका प्रतिनिधिहरूले त्यो गलत परिभाषा लगाउनु हुँदैन भन्ने चाहन्छु । राजसंस्थाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध गर्नु होइन । र राजसंस्था र प्रजातन्त्र एक आपसका विकल्प होइनन् । दुनियाँका धेरै समृद्धि देशहरू छन् सुखी र सम्पन्न देशहरू छन् जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् त्यस कारण कसैले यहाँ वा राप्रपाले यहाँ राजसंस्था वा राजाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य गलत भाष्य निर्माण नगरियोस् भनेर सबै राजनीतिक दलहरू र माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले सरकारले ल्याउने बजेट वर्तमान अवस्थाको अर्थतन्त्रलाई सम्बोधन गर्ने गरी ल्याउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?