काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशीर्वाद लिने गरिन्छ ।
मातातीर्थ औँसीको दिन आज काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ । आज पनि मातातीर्थ औँसीको अवसरमा विशेष मेला लागेको छ ।
बिहानैदेखि आमाको स्मरणमा मातातीर्थमा पुगेर पूजाआज गर्नेहरूको भीड देख्न सकिन्छ । मातातीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाउँदै आएको छ ।
माता तीर्थ औँसीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मिठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने प्रचलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्दछन् । तिर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया