सरकारलाई माओवादीको प्रश्न – ‘प्रतिपक्षीको मुखमा बिर्को लाग्नेगरी काम गर्न केले रोक्यो ?’

लोकपथ
273
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काम गर्न कसले रोकेको छ भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।  आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले संविधान संशोधन र राष्ट्रलाई डेलिभरी दिने भन्दै मिलेका नेपाली कांग्रेस र नेकपा एमालेले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । 

उनले प्रतिपक्षीको मुखमा बिर्को लाग्ने गरी काम गर्न सरकारलाई आग्रह गरे। सरकारले सुरुदेखि नै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमाथि झम्टिएको बताउँदै अहिले आफ्नै पार्टीका मन्त्रीहरूलाई समेत बर्खास्त गरेको उनको भनाइ छ ।  

उनले सरकारले एकपछि अर्को मनलाग्दी गर्दै कानुन मिच्नेदेखि जथाभावी गर्ने गरेको बताउँदै आफूहरूले सबै कुरामा ठिक छ भन्न नसक्ने धारणा गरे। 

सांसद सापकोटाले सरकारले बेथिति र विकृतिको संरक्षण गर्ने र बिचौलियाहरूलाई खुसी पार्ने काम गरिरहेको आरोप लगाए । उनले प्रमुख प्रतिपक्षीको नाताले हामीले सरकारको गलत कदमको सशक्त प्रतिवाद, खबरदारी र जनतालाई सुसूचित गर्ने जिकिर गरे । उनले देशको अर्थतन्त्र सत्तापक्षका नेताहरूले दाबी गरेजस्तो उत्साहपूर्ण नरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?