‘सरकारले आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गरोस्’

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारलाई आफ्नो आयुको भन्दा उपलब्धिको चर्चा गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद झाले यस्तो चुनौती दिएका हुन् । 

उनले सरकारले आफ्नो उपलब्धि सुनायो भने सरकारको आयुबारे थाहा हुने टिप्पणी गरे । विश्व समुदायमा अर्थतन्त्र र सम्भावित युद्धको बारेमा चर्चा भइरहँदा नेपालका उद्योग मन्त्री चुरोट र रक्सिको लाइसेन्स कतिमा बेच्ने ? भनेर चर्चा गरिरहेको आरोप लगाए । 

उनले भने, ‘सरकारले आफ्नो उपलब्धिको चर्चा धेरे गरोस् आफ्नो आयुको भन्दा भन्ने चुनौती पनि दिन चाहन्छु । यति महिनामा हाम्रो सरकारले यो यो गर्‍यो भनेर परिणामहरू सुनाउनु भयो भने अझै राम्रो सुनिन्थ्यो होला । सरकार ढल्छ कि ढल्दैन भनेर । विश्वजगत एउटा अर्थतन्त्रले तरंगित भएको छ । अहिले सबै देशले अमेरिकासँगको व्यापारको बारेमा वा चीनसँगको निकासी पैठारीको बारेमा वा भारत र पाकिस्तानबिचको सम्भावित युद्धले पार्ने प्रभावको बारेमा यो चर्चा भइरहेको छ । तर हाम्रो उद्योगमन्त्रीहरु चुरोट र रक्सिको लाइसेन्स कतिमा बेच्ने भनेर चर्चा गरिरहनु भएको छ ।’

सरकार गठन हुँदाको सात बुँदे सम्झौता सत्तारुढ दलहरूले नै बिर्सिसकेको उनको जिकिर छ । उनले वर्तमान सरकार सहकारीमा देखिएका समस्याहरू समाधान गर्ने नाउमा नयाँ दलका नेतालाई थुन्ने काम गरेको आरोप लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?