काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मुलुकको मानसिकता अझै पनि संघीयता बमोजिम नबनेको बताएका छन् ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरूको मानसिक अवस्था अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना अनुकूल बन्न नसकेको बताए ।
उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू अझै पनि बजेटको लागि केन्द्रमै धाउने प्रवृत्ति अन्त्य हुन नसकेको बताउँदै केन्द्रीकृत, एकात्मक र सामन्ती संस्कारबाट अझै मुक्त हुन नसकेको बताए ।
नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेता समेत रहेका सिटौलाले नयाँ संविधान ल्याए पनि काम गर्ने शैली पुरानै रहेको जिकिर गरे । उनले आचरण र व्यवहारको मूल्याङ्कन हेर्दा पार्टीका संगठन र राज्यका निकायहरू केन्द्रमुखी रहेको धारणा राखे । आफूहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना बमोजिम जनताको हितमा व्यापक काम गर्न सक्छौँ भने देखाउनुपर्नेमा उनको जोड छ ।
उनले संविधानको मूल मर्म र भावना बमोजिम राष्ट्रिय सभाका सदस्यहरूले रोडम्याप बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया