रविन्द्र मिश्रबारे राप्रपा भन्दा बढी रास्वपालाई चासो, मनिषले गराए सरकारको ध्यानाकर्षण

लोकपथ
882
Shares

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभए पनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए ।  

उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे । 

उनले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पुर्‍याएँ भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उनको आग्रह छ । 

उनले भने, ‘रवीन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाए हिरासतमा पुर्‍याएँ । उहाँलाई धन्यावाद छ स्विकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला । ’

आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पत्ति विवरण किन नबुझाएको ? भन्दै उनले प्रश्न गरे । 

मिश्रबारे उनकै दल राप्रपाले भने मौनता देखाएको छ । केही दिनअघि म्याद थपका लागि मिश्रलाई जिल्ला अदालतमा उपस्थिती गराइएको थियो । सो क्रममा उनलाई हतकडी लगाइएको र उनले हात उठाएर नमस्कार गर्न खोज्दा प्रहरीले उनलाई ठेलमठेल गर्दै भित्र छिराएको थियो । सो विषयमा मिश्रमाथि सहानुभूती बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?