कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा

पोखरा, १९ कात्तिक – मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा विभिन्न १९ राजनीतिक दल र स्वतन्त्र गरी १०० जनाले उम्मेदवारी दर्ता गराएका छन् प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली काँग्रेस (बिपी), देशभक्त गणतान्त्रिक मोर्चा, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् त्यस्तै, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी, नेकपा (माओवादी केन्द्र), मंगोल नेशनल अर्गनाइजेशन, एकीकृत राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माले), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनसमाजवादी पार्टी, राप्रपा र राप्रपा (प्र) का उम्मेदवारले उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेशन पार्टीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् एमालेले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (ख), २ (क) र ३ (ख) मा, माओवादी केन्द्रले प्रदेशसभा १ (क), २ (ख) र ३ (क) मा नेपाल दलित पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क), २ (ख) ३ (क) र (ख), विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क), (ख), २ (क), ३ (क) र (ख)मा उम्मेदवारी दिएका छन् त्यस्तै, राप्रपाले प्रदेशसभा १ (क), (ख), २ (क), (ख), ३ (क) र (ख), नेपाली काँग्रेस (बिपी )ले प्रतिनिधिसभा १, राप्रपा (प्र), ले प्रदेश १ (क) र २ (ख), जनसमाजवादी पार्टीले प्रतिनिधिसभा ३ र प्रदेशसभा ३ (क), नेकपा मालेले प्रतिनिधिसभा २, एकीकृत राप्रपा (राष्ट्रवादी)ले प्रतिनिधिसभा १, राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा १ र २, प्रदेशसभा १ (क), २ (क), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा २, देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क) र (ख), आमूल परिवर्तन मसिहा पार्टीले प्रतिनिधिसभा १ र प्रदेशसभा १ (ख) मा उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रमा उम्मेदवारी दिएकामा प्रदेश नं १ (क) का स्वतन्त्र उम्मेदवार टीकाराम पंगेनीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेपछि अब चार जना स्वतन्त्र उम्मेदवार मात्रै चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?