आत्महत्या गर्ने यी हुन् हलिउडका ८ चर्चित सेलिब्रिटी

विभिन्न कारणले मानिस आत्महत्या गर्न पुगेको पाइन्छ । भन्ने गरिन्छ— अकालमा प्राण फाल्नेहरु वा आत्महत्या गर्नेहरु कायर हुन् । तर, त्यसो भन्दैमा न त आत्महत्या गर्ने दर रोकिएको नै छ । आत्महत्याको बाटो रोज्नेमा चर्चित हलिउड सेलिब्रटीहरुसमेत रहेका छन् । आत्महत्या गर्ने हलिउडका ८ चर्चित सेलिब्रिटीहरु बारेमा हामी यहाँ उल्लेख गर्दैछौं । १) टोनी स्कट—टप गन तथा ट्रु रोमान्स जस्ता फिल्महरु निर्देशन गरेका टोनीले आत्महत्या गरेका थिए । मर्नुअघि परिवार र साथीका लागि उनले नोट पनि छोडेका थिए ।   २) लुसी गोर्डन—स्पाइडर म्यान ३ मा समेत काम गरेकी लुसीले आत्महत्याको बाटो रोजिन् ।   ३) जोनाथन ब्राण्डिस—झुण्डिएर आत्महत्या गरेका उनी नेभरइण्डिङ स्टोरी टु का चर्चित पात्र थिए । ४) लि थमसन योङ—लिले रिजोली र इसलेसमा काम गरेका उनले कलिलो उमेरमा नै उनले आत्महत्याको बाटो रोजे । ५)क्रिस कोर्ननेल—साउण्ड गार्डेनका लिड गायकले डिट्रेवइट होटलको बाथरुममा झुण्डिर आत्महत्या गरेका थिए । ६ )स्टिभ राएन—यी अभिनेत्रीले सन् २०१७ जुलाइ १ मा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।उनी युट्युब स्टार, टक शो होस्ट थिइन् ।   ७) रोबिन विलियम्स —चर्चित कमेडियन एक्टर रोविनले झुण्डिएर आत्महत्या गरेका थिए । ८) मिण्डी म्याकक्रिडी—सन् २०१३ मा आफैलाई गोली हानी आत्महत्या गरेकी हुन् उनले । चर्चित गायिका थिइन् उनी । -एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?