काठमाडौं, १९ कात्तिक— गोरखामा कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको विवाद उग्र बन्दै जाँदा खुकुरी हानाहान सम्मको स्थिति भएको छ भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा आइतबार साँझ भिमसेन—५ बगुवामा खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ झडमा झडपमा माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ तथा कांग्रेसका सबिन बानिँया घाइते भएका छन् घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ भने गोरखा सदरमुकाममा उपचार भइरहेको जनाइएको छ सभाले भिमसेन गाउँपालिकाको नाम भिमसेन थापा गाउँपालिका राख्ने निर्णय गरेको छ । सो विषयमा केहि विवाद नभएपनि बगुवा रहेको केन्द्र वडा नम्बर १ को घ्याम्पेशाल सार्ने विषयमा विवाद भएको हो । कांग्रेस केन्द्र घ्याम्पेशाल सार्ने र माओवादी बगुवामा नै राख्नु पर्ने पक्षमा थिए कांग्रेस र माओवादीले खुकुरी प्रहारको एक अर्कालाई आरोप लगाएका छन् । गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले माओवादी कार्यकर्ताले आक्रामण गरेको दाबी गरे । यस्तै माओवादी केन्द्रका नेता लोकप्रसाद बञ्जराले ढोका थुनेर जबर्जस्ती गाउँपालिकाका केन्द्र सार्न खोज्दा झडप भएको बताए प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया