काठमाडौँ, १९ कात्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसँग बयान शुरु गरेको हो । आयोगका एक उच्च अधिकारीका अनुसार गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरी राज्यको स्रोत दुरुपयोग गरेको र कारबाही गर्नुपर्नेलाई जोगाउन परामर्शदाता नियुक्त गरी आयोगको काम कारबाही प्रभावित पार्न खोजेको अनुसन्धानबाट खुलेपछि पुनः वयानका लागि बोलाइएको हो ट्रान्सफर्मर खरिदमा रु तीन करोडभन्दा बढीको भ्रष्टाचार भएको अनुसन्धानबाट खुलेको थियो । सो विषयमा आयोगले प्राधिकरणका केही अधिकारीमाथि यसअघि नै मुद्दा चलाएइको थियो । विशेष अदालतमा कायम रहेको मुद्दालाई प्रभावमा पार्न परामर्शदाता नियुक्त गरी भ्रष्टाचारजन्य गतिविधिलाई सहयोग गरेको आयोगको भनाइ छ तत्कालीन ऊर्जा सचिवको हैसियतले क्षेत्री, पण्डितलाई बयानका लागि बोलाइएको जानकारी दिँदै आयोगले कार्कीलाई भने प्राधिकरणको पूर्व कार्यकारी निर्देशकको हैसियतले बयानका लागि बोलाइएको जनाएको छ आयोगका अनुसार २०७० साल भदौ २९ गते ट्रान्सफर्मर अनियमितता प्रकरणका मुद्दा चलाउने भनी आयोगले निर्णय गरेको थियो । सो निर्णयलगत्तै प्राधिकरणले मध्यस्थता गरी आयोगले गरिरहेको काम प्रभावित पार्न खोजेको र विवादित निर्णय गराई रु तीन करोड हाराहारीमा अनियमितता गरेको ठहर गरिएको आयोगका अधिकारीले जानकारी दिएती अधिकारीका अनुसार ट्रान्सफर्मर खरिदका क्रममा भएका विषयलाई प्रस्ट रुपमा आयोगलाई जानकारी नगराए वा आयोगले सोधेको प्रश्नको वस्तुनिष्ट उत्तर नदिए तीनै जनामाथि भ्रष्टाचारको मुद्दा चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया