कपिललाई प्रेमिकाको सर्त रक्सी छोडेपछि विवाह

 एजेन्सी, २० कात्तिक– कमेडियन कपिल शर्मा अब घरजमको तयारीमा लागेका छन् । एक अंग्रेजी वेबसाइटले उल्लेख गरेअनुसार प्रेमिका गिन्नी चतरथसँग उनको विवाहको तयारी भएको छ । गिन्नीलाई परिवारले विवाहको दबाब दिएका छन् भने गिन्नीले कपिलसँग आफूलाई विवाह गर्ने हो भने रक्सी छोड्नुपर्ने भन्दै सर्त राखेकी छन् गिन्नीको सर्तमा कपिलको आमा पनि खुसी भएकी छन् । गिन्नीको आग्रह स्वीकार गर्दै कपिलले पनि रक्सी छोडेका छन् । त्यसो त कपिल अभिनित ‘फिरंगी’ प्रदर्शनको तयारीमा छ । फिल्म प्रदर्शनपछि कपिलले विवाह गर्ने केही मिडियाले उल्लेख गरेका छन् । गएको सेप्टेम्बरमा कपिल र उनकी प्रेमिकाबीच ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो तर केही समयपछि सँगै गएर साइबाबाको दर्शन गरेको तस्बिर सार्वजनिक भएको थियो, राजधानी दैनिकमा खबर छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?