पूर्व राष्ट्रपति यादव बसेको घर १५ दिनभित्र खाली गर्न उर्दी

काठमाडौं, १९ कात्तिक– पूर्व राष्ट्रपति डा रामबुराण् यादव अहिले बस्दै आएको घर छाड्न १५ दिने सूचना जारी गरिएको छ आज एक दैनिक पत्रिकामा सूचनामा१५ दिने म्यादसहित घर छाड्न घरबेटीले उर्दी जारी गरेका हुन् राष्ट्रपति कार्यलयले घरभाडा र विजुलीको रकम नबुझाएको भन्दै यसरी घर छाड्न सूचना जारी गरिएको छ । पटक–पटक घर खाली गर्न सूचना दिदा पनि घर खाली नगरेको भन्दै घरबेटी रविभक्त विष्टले पत्रिकामा सूचना निकालेका हुन् मंसिर १ गतेसम्म घर खाली नगरे कानुन अनुसार अगाडि बढ्ने विष्टले चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?