काठमाडौँ, २१ कात्तिक — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र चुनावी मात्र नभएर देशको विकास गर्ने स्पष्ट खाका रहेको बताएका छन् वाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं ५ मा चुनावी प्रचारमा आयोजना गरेको कार्यक्रम आज अध्यक्ष ओलीले घोषणापत्रमा लोकतन्त्रको सुदृढीकरण, विकास र समग्र देशको समृद्धिको खाका तयार गरिएको बताए अध्यक्ष ओलीले वाम घोषणापत्रमा देशमा विकासको लहर, शान्ति र स्थायित्व दिने खालको रहेको र दुईदेखि पाँच वर्षमा नेपालमा कोही पनि भोकै हुनु नपर्ने योजना रहेको उल्लेख गरे एमाले महासचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले आधा शताब्दी नेपाली राजनीतिमा लागेको र सोही क्षेत्रको विकासमा जीवन बिताएकाले निर्वाचन जित्ने दाबी गरे उहाँले एमाले र माओबादीबीच छिट्टै नै पार्टी एकीकरण हुने र सोहीअनुसार नै ठूलो उद्देश्य लिएर निर्वाचनमा होमिएको बताए काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा उम्मेदवार तथा नेकपा एमाले महासचिव तथा ईश्वर पोखरेल, प्रदेशसभा क मा नारायणनबहादुर सिलवाल, प्रदेशसभा खमा दीपक निरौला उम्मेदवार रहेका छन् सो अवसरमा एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेस परित्याग गरी टोखास्थिल सत्य साई टोल सुधार समितिका उपाध्यक्ष महेन्द्र केसीसहित एक दर्जन युवा एमालेमा प्रवेश गरेका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया