काठमाडौँ, २१ कात्तिक- नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तान र नेपालीबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै दुवै देश सुखदुःखका साथी भएको बताएका छन् नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–पाकिस्तान सम्बन्ध’ विषयक प्रवचनमा उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक मुलुक पाकिस्तान र नेपालले कठिन अवस्थामा पनि सहकार्य गर्दै आएका बताए सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत पाकिस्तान र नेपालबीच सुदृढ सम्बन्ध रहेको बताउँदै उनले पाकिस्तानमा प्राकृतिक विपत्ति परेका बेला नेपालले मानवीय सहायता उपलब्ध गराएको र पाकिस्तानले पनि नेपाललाई दैवी प्रकोपका समयमा नैतिक एवं भौतिक सहयोग एवं समर्थन गर्दै आएको स्मरण गरे नेपालको निर्वाचन तथा पाकिस्तानको आन्तरिक विषयका कारण पाकिस्तान–नेपाल परामर्श संयन्त्र र आर्थिक सहयोगसम्बन्धी दुईपक्षीय बैठक हुन नसकेका भन्दै राजदूत जावेदले ती बैठक शीघ्र हुनेमा आफू आशावादी रहेको बताए सार्क शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान तयार रहेको बताउँदै उनले क्षेत्रीय विकासका मुद्दालाई राजनीतिक मामिलाले ओझेलमा पार्न नहुनेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया